महोत्तरी– महोत्तरीमा नै सबैभन्दा बढी कर तिरेबापत व्यवसायी तथा समाजसेवी कुमार भण्डारी सम्मानित भएका छन् ।
मापदण्डमा आधारित भएर राज्यलाई सबैभन्दा बढी कर तिरेको भन्दै आन्तरिक राजस्व कार्यालय जनकपुरले भण्डारीलाई सम्मानित गरेको हो । अघिल्लो आर्थिक वर्षमा समेत उत्कृष्ट करदाताकोरुपमा सम्मानित भएका भण्डारीले व्यवसायी इमानदारिता हरेकमा हुनुपर्ने बताउँदै करमा सबैले इमानदारिता देखाउनु पर्ने धारणा राखे । तर राज्यलाई तिरेको कर सरकारले व्यावसायिक हकहितको लागि प्रयोग गर्नुपर्ने उनको भनाई छ ।
बर्दिबासमा सञ्चालित रक्षा टेडर्स एण्ड सप्लायर्सको माध्यमबाट उत्कृष्ट कारोबार गर्दै कर प्रति भण्डारीले देखाएको इमानदारिता अनुकरणीय भएको कर कार्यालय प्रमुख आनन्द गुप्ताले बताए । ‘एउटा व्यापारी लगातार उत्कृष्ट करदाताकोरुपमा सम्मानित हुनु निक्कै ठुलो विषय हो ।’ प्रमुख गुप्ताले भने । ‘अन्य व्यापारीहरूले पनि व्यावसायिक इमानदारिता र राज्यप्रतिको दायित्वलाई आत्मासाथ गर्ने पर्छ ।’
रक्षा टेडर्सले आर्थिक वर्ष २०७९/८० मा मात्र भण्डारीले १७ करोड भन्दा बढी कारोबार गरेको आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।