तस्विर- रोयटर्स

अन्तर्राष्ट्रिय

गाजामा २१ सैनिकको मृत्यु : इजरायली सेना

By खबरहब

January 23, 2024

इजरायली सेनाले मङ्गलबार मध्य गाजामा भएको आक्रमणमा २१ जना सैनिक मारिएको जनाएको छ । इजरायली रक्षा बलले उक्त घटना एक सय नौ दिनको युद्धमा सेनाका लागि सबैभन्दा घातक घटना भएको पनि जनाएको छ ।

पत्रकार सम्मेलनमा इजरायली रक्षा बलका प्रवक्ता डेनियल हागारीले सैनिकहरूले दुई भवनहरू ध्वस्त पार्न विस्फोटक तयारी गरिरहेको बताएका छन् ।

आतङ्ककारीहरूले सोमबार नजिकैको ट्याङ्कमा रकेट–प्रोपेल्ड ग्रेनेड प्रहार गरेपछि समय अगावै विस्फोट निम्त्याएको र परिणामस्वरूप भवनहरू ढलेको जनाइएको छ । त्यसबेला सैनिकहरू भवनभित्रै वा त्यहाँ नजिकै थिए ।

सेनाले एक विज्ञप्तिमा मारिनेहरु २२ – ३७ वर्ष उमेरका जगेडा सैनिकहरू भएको बताएको छ ।

यो घटना अक्टोबर सातमा गाजामा हमासविरुद्धको युद्ध सुरु भएपछिको इजरायली सेनामाथि भएको सबैभन्दा घातक एकल आक्रमण हो ।