राजनीति

मधेश प्रदेश सरकारबाट बाहिरियो जनमत पार्टी

By खबरहब

January 23, 2024

काठमाडौं- जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । पार्टीका तर्फबाट प्रदेश सरकारमा रहेका दुई मन्त्रीले मंगलबार राजीनामा दिएका हुन् ।

मधेश जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष नरेन्द्र चौधरीले अनुसार मधेश प्रदेश सरकारबाट तत्कालका लागि समर्थन फिर्ता लिएको बताए ।

खबरहबसँग उनले भने, ‘केन्द्रको हकमा हामी सल्लाहमै छौँ, तर मधेशमा सरकारमा बस्ने अवस्था रहेन । त्यसैले समर्थन फिर्ता लिएका हौँ ।’

मधेश कृषि विश्वविद्यालको उद्घाटन समारोहमा जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएपछि क्रुद्ध बनेको जनमतले मधेश सरकार छाडेको हो ।