संगीत

‘गरिदेउ बिदा’को म्युजिक भिडियो सार्वजनिक

By खबरहब

January 23, 2024

काठमाडौं – खप्तडमा छायांकन गरिएको ‘गरिदेउ बिदा’ नामक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । परराष्ट्र मन्त्री एनपी साउदले उक्त मुजिक भिडियो सार्वजनिक गरेका हुन् ।

एभरेस्ट ग्यालरीबाट सार्वजनिक गीतमा गायिका निता आचार्य र सीडी विजय अधिकारीको स्वर छ । त्यस्तै सागर बास्तोलाको शब्द र ऋषि खड्काको रहेको संगीत रहेको गरिदेउ बिदामा सनम कठायत र स्मारिका ढकालले अभिनय गरेका छन्।

जनक सिंहको निर्देशन रहेको भिडियोको सिनेमाटोग्राफी दीपक गिरीको रहेको छ। गीतलाई खप्तड क्षेत्र वरपरका गाउँमा छायांकन गरिएको छ।

भिडियो