खेलकुद

डानी आल्भेजलाई बलात्कारको आरोपमा साढे ४ वर्षको जेल सजाय

By खबरहब

February 23, 2024

काठमाडौं– बार्सिलोना र ब्राजिलका पूर्व स्टार खेलाडी डानी आल्भेजलाई बलात्कारको आरोपमा साढे ४ वर्षको जेल सजाय भएको छ ।

४० वर्षीय आल्भेजलाई बिहिबार बार्सिलोनास्थित अदालतले साढे ४ वर्षको जेल सजाय सुनाएको हो ।

आल्भेज स्पेनको नाइट क्लबमा एक महिलालाई बलात्कारको आरोप लागेपछि २०२३ को जनवरी देखि हिरासतमा रहेका छन् ।

आल्भेजले सहमतिमै यौन सम्पर्क राखेको दाबी गरेपनि २३ वर्षीय महिलाले ३१ डिसेम्बर २०२२ मा नाइट क्लबमा आल्भेजले आफूलाई बलात्कार गरेको आरोप लगाउदै उजुरी गरेकी थिइन् ।

अदालतले सजायका अलावा एक लाख ५० हजार युरो पीडितलाई क्षतिपुर्ति दिन समेत आदेश दिएको छ । 

आल्भेजका वकिलहरूले भने आफूहरूले फैसलाको बार्सिलोना अदालतमा अपिल गर्ने बताएका छन् ।