समाचार

प्रतिनिधिसभाको अवरोध खुलाउन सभामुखले थाले छलफल

By खबरहब

February 23, 2024

काठमाडौं- प्रतिनिधिसभाको बैठक सुचारु गर्न सभामुख देवराज घिमिरेले छलफल थालेका छन् ।

सभामुख घिमिरेको पहलमा संसद् भवन नयाँ बानेश्वरस्थित सभामुखको कार्यकक्षमा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख चार दलका प्रमुख सचेतकहरुको बैठक बसिरहेको छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रमुख सचेतकहरु सहभागी छन् ।

प्रतिनिधिसभामा होहल्ला भएसँगै सभामुख घिमिरेले १५ मिनेटका लागि भन्दै बैठक स्थगित गरेका थिए ।