समाचार

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

By खबरहब

February 23, 2024

काठमाडौं– काठमाडौं र बैतडीमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका-६ बौद्धमा बा.प्र.०२-०२३ प ८६४८ नम्बरको मोटरसाइकल र ना.८ ख ११९९ नम्बरको ट्याङकरको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-६ तिनचुली बस्ने ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका-२ वाक्सा घर भएकी १८ वर्षीया सम्झना राईको बिहीबार बेलुकी घटनास्थलमै मृत्यु भएको छ ।

मोटरसाइकल चालक र ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै बैतडीकाे डिलासैनी गाउँपालिका-१ घारडामा सु.प.प्र.०१००१ च ३१४६ नम्बरको जिप अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार डिलासैनी गाउँपालिका-१ धौला बस्ने ५० वर्षीय गोपाल बोहराको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार जिप चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले  जनाएको छ ।