सांकेतिक तस्बिर

देश/प्रदेश

जिरीमा रुखले किचेर एक महिलाको मृत्यु 

By खबरहब

February 23, 2024

दोलखा– दोलखाको जिरी नगरपालिका वडा नम्बर-९ ठुलोपातल लहरेमानेमा एक महिलाको रुख काट्ने क्रममा सो रुखले किचेर मृत्यु भएको छ ।

शुक्रबार ठुलोपातल निवासी स्थानीय जितविर तामाङ र उनकी अन्दाजी ३८ वर्षीय श्रीमती अनिता तामाङ आफ्नै घर नजिकको बारीमा रुख काट्न गएको र आधा रुख काटेर दुवै जनाले डोरीले सोही रुख तान्नेक्रममा रुखको माथिल्लो भाग भाँचिएर श्रीमतीको टाउकोमा लाग्दा गहिरो चोट लागेको र घाइते तामाङलाई उपचारको लागि जिरी अस्पताल लाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जिरीले जनाएको छ।

बिहान करिब १०:३० बजेको समयमा घटना घटेपछि प्रहरीलाई स्थानीयले १२ बजे खबर गरेका थिए । मृत तामाङको शव आफ्नै घरमा रहेको हुँदा प्रहरी घटना स्थल पुगेर मुचुल्का उठाउन सुरु गरेको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुबास बस्नेत