अन्तर्राष्ट्रिय

चिनियाँ पुँजी बजारबाट विदेशी लगानीकर्ता पलायन हुँदै

By खबरहब

February 23, 2024

बेइजिङ- चिनियाँ पुँजी बजारबाट विदेशी लगानीकर्ता पलायन हुने क्रम बढ्दै गएको पाइएको छ । लगातार ६ महिनादेखि चिनियाँ पुँजी बजारबाट विदेशी लगानीकर्ता पलायन हुँदै गएका छन् ।

चीनको साङ्घाइ कम्पोजिट परिसूचक, सेन्जेन कम्पोनेन्ट इन्डेक्स, चेनेक्स इन्डेक्सजस्ता पुँजी बजारबाट विदेशी लगानीकर्ताहरु बाहिरिएका हुन् ।

केही समयअघि गत फेब्रुअरी २ मा साङ्घाई कम्पोजिट इन्डेक्समा ३ दशमलब ७७ प्रतिशतको गिरावट आएको थियो, यससँगै उक्त परिसूचक सन् २०२० मार्चयताकै सबैभन्दा कम विन्दुमा पुगेको थियो ।

अन्तर्राष्ट्रिय वित्त प्रतिष्ठानका अनुसार सन् २०२३ मा चीनबाट ८२ अर्ब २० करोड डलर विदेशी लगानी बाहिरिएको छ । यो शाङ्घाई हङकङ स्टक कनेक्ट स्थापना भएयताकै सबैभन्दा ठूलो पलायन हो ।