अन्तर्राष्ट्रिय

चीनले बंगलादेशलाई आपूर्ति गरेका रक्षा उपकरण गुणस्तरहीन

By खबरहब

February 23, 2024

ढाका- चीनले बंगलादेशलाई आपूर्ति गरेका रक्षा उपकरण गुणस्तरहीन रहेको पाइएको छ । चीनले बंगलादेशलाई आपूर्ति गरेको के–८ डब्लू विमान दुर्घटना हुँदा दुई जना पाइलट मारिएका छन् ।

उक्त लडाकु विमानले लोड गरिएका रकेट पनि प्रहार गर्न असक्षम रहेको बंगलादेश लाइभ न्युजले जनाएको छ ।

बंगलादेशले यसबारे चीनलाई जानकारी गराएको भएपनि चिनियाँ पक्षबाट कुनै प्रतिक्रिया आइसकेको छैन । बंगलादेशले आफ्नो हतियार आपूर्तिको तीन चौथाइ चीनबाट ल्याउने गरेको उक्त समाचार संस्थाले जनाएको छ ।

चीनले बंगलादेशलाई दुई वटा टाइप ०३५ जी मिङ–क्लास पनडुब्बी पनि आपूर्ति गरेको छ । अनुदानमा दिइएका ती पनडुब्बलीको मूल्य १० करोड डलर रहेको जनाइएको छ ।

त्यसबाहेक चीनले बंगलादेशलाई आपूर्ति गरेका दुई युद्धपोतमा पनि यान्त्रीक खराबी देखिएको जनाइएको छ । यसको मर्मतका लागि चीनले उल्टै थप पैसा माग गरेको बंगलादेशी सञ्चार माध्यमले उल्लेख गरेका छन् ।