अन्तर्राष्ट्रिय

मस्कोमा आतंकवादी हमला, कम्तिमा ४० जनाको मृत्यु

By खबरहब

March 23, 2024

मस्को– रूसको राजधानी मस्कोमा आतंकवादी हमला भएको छ । बन्दुकधारीले गरेको उक्त हमलामा परी कम्तिमा ४० जनाको मृत्यु भएको रुसी गुप्तचर निकायले जनाएको छ ।

मस्को नजिक एक कम्प्लेक्समा म्युजिकल कन्सर्ट चलिरहेको स्थानमा सो हमला भएको बीबीसीले उल्लेख गरेको छ । हमलामा एकसय भन्दा बढी घाइते भएका छन् । कम्प्लेक्सको छतमा आगोकाे ठूलो मुस्लो देखिएको थियो ।

हमलाको जिम्मेवारी ईस्लामिक स्टेट आईएसएसले लिएको छ । रूसको राष्ट्रिय गार्डले हमलाकारीको खोजी गरिरहेको छ ।

मस्कोस्थित अमेरिकी दुतावासले भीडभाड हुने क्षेत्रमा नजान आफ्ना नागरिकलाई अलर्ट गरेको जनाइएको छ ।