ब्रेकिङ स्टोरी

गृहमन्त्री लामिछानेलाई पदमा बस्न छुट छैन : शेखर कोइराला

By खबरहब

March 23, 2024

काठमाडौं– नेपाली कांग्रेसका नेता डा‍. शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई नैतिकताका आधारमा पदमा बस्न छुट नभएको बताएका छन् । 

काठमाडौँको मध्य बानेश्वरमा स्थानीय कार्यकर्तासँगको भेटघाट कार्यक्रममा कोइरालाले  गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा नै दिनुपर्ने बताए । 

उनले भने,  ‘गृहमन्त्रीले तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुंगो लाग्यो र उहाँ निर्दोष साबित हुनुभयो भने फेरि मन्त्री भए भइहाल्यो । तर अहिले पदमा उहाँ रहन छुट छैन ।’

गृहमन्त्री लामिछानेको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा नाम जोडिएको छ । यसपछि कांग्रेसले सदन र सडकबाट निरन्तर आवाज उठाइरहेको छ । 

कोइरालाले अरूलाई नैतिकताको पाठ सिकाउने मान्छे आफू पनि नैतिक वान बन्नुपर्ने समेत बताए ।