समाचार

अदानचुलीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, पाँच घाइते

By खबरहब

March 23, 2024

सिमकोट- हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका-४ मा आज भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

 जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले पाम्सा भन्ने स्थानमा भएको दुर्घटनामा पाँच जना घाइते भएको जानकारी दिए। 

सु प ०१००१ नम्बरको गाडी आज दिउँसो पाम्सको मोडमा दुर्घटना भएको हो । उनकाअनुसार मृतक र घाइतेको उद्धार भइरहेको छ । 

दुर्घटनाबारे विस्तृत जानकारी प्राप्त नभइसकेको प्रहरीको भनाइ छ । दुर्घटनामा  पर्ने सावरी स्थानीय धनमल महताराको रहेको बताइएको छ ।