समाचार

एमाले उदयपुरको नवौँ जिल्ला अधिवेशनको तयारी पुरा

By खबरहब

March 23, 2024

काठमाडौं– आगामी १३ र १४ गते हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले) उदयपुरको नवौँ जिल्ला अधिवेशनको तयारी पुरा भएको छ ।

जिल्ला अधिवेशन प्रचार प्रसार उपसमितिले शनिबार गाईघाटमा पत्रकार सम्मेलन मार्फत अधिवेशनको लोगो सार्वजनिक गर्दै अधिवेशनको तयारी पुरा भएको जनाएको हो । अधिवेशनका लागि ७५ वटा वडा र २३ वटा जनसंगठन र सल्लाहकारबाट ६ सय ३२ जना प्रतिनिधिको छनौट भइसकेको जिल्ला अध्यक्ष परमेश्वर घिमिरेले बताए । 

 चैत ६ गते सबै कमिटीबाट प्रतिनिधि छनौट भई सकेको भन्दै अध्यक्ष घिमिरेले छनौट भएर आएका प्रतिनिधिहरूको अभिलेख राख्ने ९५ प्रतिशत भन्दा बढि कार्य सकिएको बताए । उनले नवौँ जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व छनौट गर्ने तयारी भई रहेको जानकारी दिए ।

गतिशील संगठन, क्रियाशील सदस्य विकासको संवाहक र समाजिक रूपान्तरणमा नेकपा एमाले भन्ने मूल नाराका साथ सम्पन्न गर्ने एमाले उदयपुरले जनाएको छ ।