देश/प्रदेश

बैतडीमा टिप्पर दुर्घटना

By खबरहब

March 23, 2024

बैतडी। बैतडीमा टिप्पर दुर्घटना भएको छ। पाटन नगरपालिका–८ तल्लो अनारखोलीमा खोड्पे–डडेल्धुरा सडकखण्डमा टिप्पर दुर्घटना भएको हो।

बिफ्याकटालबाट डडेल्धुरातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ क २०१३ नम्बरको टिप्पर शनिवार दिउँसो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए। टिप्पर सडकबाट अन्दाजी ३० मिटर तल खसेको र टिप्परमा क्षति पुगेको बताइएको छ।

टिप्परका चालक दार्चुलाको लेकम गाउँपालिका १ का ४० वर्षीय अम्मर साउँद भने सकुशल रहेका प्रहरी निरीक्षक केसीले बताए। उकालोमा ब्रेक नलागेपछि टिप्पर सडकबाट खसेको हो।