अपराध

कौडा खेलिरहेको अवस्थामा ५ जना पक्राउ

By खबरहब

March 23, 2024

काभ्रे – प्रहरीले कौडा खेलिरहेको अवस्थामा धुलिखेलबाट पाँच जना पक्राउ गरेको छ ।

धुलिखेल नगरपालिका–९ ढुङगाखानीस्थित शुभान होटलमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका-१० बस्ने ४० वर्षीय अमृत लामा समेत ५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ६ सय ८० रूपैयाँ र कौडा १५ वटासहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।