जीवनशैली

यस्ता छन्, काफल खाँदाका फाइदा

By खबरहब

April 23, 2024

काठमाडौँ– अहिले काफलको सिजन हो । अहिले नेपालका वनपाखामा काफल पाकेको पाइन्छ । यसको स्वाद निकै नै मिठो र स्वादिष्ट हुन्छ । यसलाई त्यसै वा साँधेर पनि खान सकिन्छ । काफल बालकदेखि वृद्धा युवा हरेकले मन पराउने फल हो ।

चिकित्सकका अनुसार काफलमा प्रोटिन, फाइबर, जैविक पदार्थ, कार्बोहाइड्रेटलगायतका पौष्टिक तत्त्व पाइन्छ । काफलको बोक्रामा एन्टीसेप्टिक गुण पाइन्छ भने यो कफ र ज्वरो नियन्त्रणका लागि पनि लाभदायक मानिन्छ ।

यी हुन काफल खाँदा हुने फाइदाहरू – काफल खानाले टाउको दुखाई कम हुन्छ । – काफलमा चिनी वा मिस्री मिसाइ तताएर पिउनाले खोकी, दम, हृदयरोग लगायतका समस्याबाट छुटकारा पाउन सकिन्छ । – काफलको सेवनले स्वर राम्ररी खुलाउँछ । – काफलले आँखाको ज्योति बढाउने काम गर्छ । – काफलको सेवनले अपच र अरुचि हुने समस्याबाट पनि छुटकारा पाउन सकिन्छ । – पखाला लागेको बेला काफलको सेवन लाभदायक मानिन्छ । – सामान्यतया काफलको बोक्रालाई पिसेर धुलो बनाउने र त्यस धुलोलाई मञ्जनका रुपमा ब्रस गरे दाँतको दुख्ने समस्या काम हुन्छ । साथै दाँत पनि सफा हुन्छ । – काफलले शीतलता प्रदान गर्छ । – काफलको बोक्रालाई तिलको तेलमा पकाएर दुई थोपा कानमा हाल्दा कान पाक्ने र कम सुन्ने समस्याबाट राहत पाउन सकिन्छ । – महिनावारीमा गडबडी भएका बेला पनि काफलको सेवन फाइदाजनक हुन्छ । – शरीरका कुनै बाहिरी अंगमा घाउ भएमा वा चोटपटक लागेमा काफलको धुलोको लेप बनाएर लगाउँदा चाँडै लाभ मिल्छ । – काफलको सेवनले पिसाबसम्बन्धी समस्या कम हुन्छ । – चार–पाँच ग्राम काफलको बोक्राको धुलोमा एकदुई चम्चा मह मिलाएर दिनको दुई पटक सेवन गर्नाले श्वासको दुर्गन्धलाई हटाउँछ । – शरीर पोल्ने, झम्झमाउने, ज्वरो आउने, वात रोग, दाँत तथा पेटको अर्सा आदिलाई पनि काफलले ठिक गर्छ ।