मनोरञ्जन

दिलीपकी छोरी दिव्याको पहिलो फिल्म ‘एक्टर’ को शुभ मुहूर्त 

By खबरहब

April 23, 2024

काठमाडौं– फिल्म ‘एक्टर’को शुभ मुहूर्त गरिएको छ । मंगलबार बिहान ललितपुरको भैसेपाटीस्थित कार्य विनायक मन्दिरमा हवन यज्ञ गर्दै फिल्मको मुहूर्त गरिएको हो ।

फिल्मको शुभ मुहूर्तमा मुख्य कलाकारहरू प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, दिव्य देव, सुशील सिटौला लगायत उपस्थित थिए ।

अभिनेता दिलीप रायमाझीकी छोरी दिव्याले यस फिल्मबाट डेभ्यु गर्दै छिन् । फिल्ममा उनको जोडी प्रदीपसँग बाँधिनेछ ।  यही वैशाख अन्तिमबाट छायांकन सुरु हुन लागेको फिल्ममा राजबल्लभ कोइरालाले पनि करिब दश वर्षपछि कम ब्याक गर्न लागेका छन् ।

राजन भुसालले फिल्मको निर्देशन गर्दै छन् भने फिल्मका निर्माता थमन कुमार भण्डारी हुन् । फिल्मलाई आगामी तिहारको अवसर पारेर कात्तिक १५ गते लक्ष्मीपूजामा रिलिज गरिँदै छ ।