तस्बिर सिन्ह्वा

अन्तर्राष्ट्रिय

चीनमा पुलमा पानीजहाज ठोक्किएपछि चार जना बेपत्ता

By खबरहब

April 23, 2024

गुआङझोउ– दक्षिण चीनको गुआङडोङ प्रान्तवको फोसान सहरमा सोमबार राति एउटा जहाज पलसँग ठोक्किँदा चार जना बेपत्ता भएको सहरको आपतकालीन व्यवस्थापन विभागले बताएको छ । 

चालक दलका ११ सदस्य सवार जहाज जिउजियाङ पुलको घाटमा ठोक्किएर पछि डुबेको थियो । विभागका अनुसार तीमध्ये सात जनाको उद्धार गरिएको छ र चार जना बेपत्ता छन् । 

स्थानीय समयानुसार मङ्गलबार बिहान छ बजेसम्म बेपत्ताहरूको खोजीका लागि तीन सयभन्दा धेरै प्रहरी अधिकारी र सामुद्रिक उद्धार टोली पठाइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । 

विशेषज्ञहरूले तुरुन्तै पुलको प्रारम्भिक मूल्यांकन गरेर मुख्य संरचनामा कुनै स्पष्ट क्षति नभेटिएको जनाएका छन् । नजिकैको जलक्षेत्रमा ट्राफिक नियन्त्रण लागू गरिएको छ ।