समाचार

बालाजुस्थित बाइसधारामा विशेष मेला

By खबरहब

April 23, 2024

काठमाडौं– चैत शुक्ल पूर्णिमा दिन मंगलबार ऐतिहासिक महत्व बोकेको काठमाडौंको बालाजु स्थित बाइसधारामा विशेष मेला लागेको छ ।  

मेलाका अवसरमा बाइसधारामा स्नान गर्ने भक्तजनको घुँइचो लागेको थियो । मेलामा नुवाकोट, धादिङ, रसुवा, चितवन लगायतका विभिन्न जिल्लाहरुबाट भक्तजनहरू बाइसधारा आउने गर्दछन् । 

तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको उक्त धारामा नागार्जुनको डाँडाबाट पानी आउने गर्दछ ।

यस दिन बालाजु बाइस धाराको पानीले स्नान गरे पाप पखालिने, रोग निको हुने र चिताएको पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।