डेभलपमेण्ट बैंकर्स एशोसिएसनको सीईओमा मन्जिला नियुक्त

By खबरहब

April 23, 2024

काठमाडौं – विकास बैंकहरूको छाता संस्था डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा मन्जिला डंगोललाई नियुक्त गरेको छ ।

व्यवस्थापनमा स्नातकोत्तर डंगोलले तत्कालीन सनराइज बैंक, तत्कालीन मेगा बैंक तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको व्यवस्थापकीय तहमा रहेर करिब १५ वर्ष काम गरिसकेकी छिन् ।

अनुसन्धान तथा विकास, जोखिम व्यवस्थापन, कर्जा जोखिम विश्लेषण, तथ्यांक विश्लेषण, साना तथा मझौला कर्जा व्यवस्थापन, कृषि कर्जा व्यवस्थापन लगायतमा पनि डंगोलले दख्खल राख्छिन् ।