खेलकुद

युरोपा लिगको उपाधि एटलान्टालाई

By खबरहब

May 23, 2024

काठमाडौं– यो सिजनको युरोपा लिग फुटबलको उपाधि इटालियन क्लब एटलान्टाले जितेको छ ।

बुधबार राति भएको फाइनल खेलमा जर्मन क्लब बायर लिभरकुजेनलाई ३–० गोलले हराउँदै एटलान्टाले उपाधि जितेको हो ।

एटलान्टाको जितमा एडेमोला लोकमनले ह्याट्रिक गरेका थिए । उनले खेलको १२औँ, २६औँ र ७५औँ मिनेटमा गोल गरेका थिए।

पहिलो पटक फाइनलमा पुगेको एटलान्टा अपराजित रहँदै आएको लिभरकुजेनलाई स्तब्ध बनाउँदै उपाधि जितेको हो । ५१ खेलसम्म अपराजि रहेको लिभरकुसेन फाइनलमा पराजित भयो । यसअघि लेभरकुजेनले अपराजित रहँदै जर्मन बुन्डेस लिगा जितेको थियो।