फाइल फोटो

देश/प्रदेश

भारतसँग जोडिएका पर्साका सीमानाका तीन दिनलाई बन्द

By खबरहब

May 23, 2024

वीरगञ्ज– भारतसँग सिमाना जोडिएका पर्साका नाका बन्द भएका छन् ।

विहार राज्यको पश्चिम चम्पारण जिल्लामा यही जेठ १२ गते हुने लोकसभा निर्वाचनका कारण सीमानाका तीन दिनका लागि बन्द गरिएको हो ।

वीरगञ्ज भन्सार कार्यालयसहितका पर्सा जिल्लाका सीमानाका आज बिहान ६ बजेदेखि बन्द भएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए । उनले जेठ १२ गते अपराह्न ६ बजेसम्म नेपाल–भारत सीमानाका बन्द हुने बताए ।

दुई मुलुकमध्ये कुनै एकमा निर्वाचनमा हुँदा ४८ घण्टाअगावै सीमानाका बन्द गर्ने परम्पराअनुसार नाका बन्द गरिएको हो ।