मनोरञ्जन

‘फर्कीफर्की’को प्रिमियरमा अनमोलको तारिफ (तस्बिरहरु)

By खबरहब

May 23, 2024

काठमाडौं– नायक अनमोल केसीको फिल्म ‘फर्कीफर्की’को प्रिमियर भव्य रुपमा सम्पन्न भएको छ ।

बुधवार साँझ कमलपोखरीस्थित एक सिनेमा हलमा गरिएको प्रिमियरमा नायक केसी बडिगार्डका साथ उपस्थित भएका थिए ।

प्रिमियरमा फिल्मकी नायिका जसिता गुरुङ्सहित वरिष्ठ कलाकार हरिवंश आचार्य, अभिनेता भुवन केसी, कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, नायिका गौरी मल्ललगायत थुप्रै स्टार कलाकारको उपस्थिति थियो ।

प्रिमियरपछि आधिकांश कलाकारले अनमोलको अभिनयको प्रशंसा गरेका छन् ।

निर्देशक तथा लेखक सुयोग गुरुङले नयाँ स्वादको फिल्म पस्कन सफल भएको बताए । छड्के–२ को असफलतापछि अनमोलको यो पहिलो फिल्म हो । छड्के– २ को असफलताले झस्किएका अनमोलले यस फिल्ममा मिहिनेत गरेको देख्न सकिन्छ ।

 

\

\