समाचार

बौद्धदर्शन मानव समुदायका लागि प्रेरणादायी : अध्यक्ष नेपाल

By खबरहब

May 23, 2024

काठमाडौं– एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विश्व शान्ति तथा मानव कल्याणका लागि बुद्धले प्रतिपादन गरेको अहिंसाको दर्शन मानव समुदायका लागि प्रेरणादायी भएको बताएका छन् ।

शान्तिका अग्रदूत गौतमबुद्धको २५६८औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले बुद्धले प्रतिपादन गरेका अहिंसा, शान्ति, करुणा, मानव अधिकार र उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।

बौद्ध उपदेश, शिक्षा र मार्गदर्शनलाई  अवलम्बन गर्न  सकेमा  एकापसमा सद्भाव तथा सहिष्णुता कायम हुने विश्वास व्यक्त गर्दै अध्यक्ष नेपालले बुद्धका विचार अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

यसैबीच, उनले उँभौली पर्वका अवसरमा सम्पूर्ण किराँत समुदायको सुख शान्तिको कामना गर्दै शुभकामना व्यक्त गरेका छन् ।