अन्तर्राष्ट्रिय

बेलायतमा जुलाई ४ मा आमनिर्वाचनको घोषणा

By खबरहब

May 23, 2024

काठमाडौं– बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देशमा आमनिर्वाचनको घोषणा गरेका छन् ।

बुधबार प्रधानमन्त्री सुनकले संसद भंग गर्ने सिफारिस राजाले स्वीकृत गरेको बताउदै आगामी जुलाई ४ मा आमनिर्वाचनको घोषणा गरेका हुन् ।

अब अर्को साता संसद विघटन हुँदैछ र त्यसपछि निर्वाचन प्रक्रिया सुरु हुने बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसदहरुले प्रधानमन्त्री सुनकलाई हटाउन खोजेपछि उनले निर्वाचनको घोषणा गरेका हुन् ।

संसदको पहिलो बैठक बसेको पाँचौँ वर्ष पूरा भएपछि मात्र संसद विघटन हुनुपर्ने व्यवस्था छ । तर सत्तारुढ दलमा रहेको विवादका कारण त्यसअघि नै निर्वाचनको घोषणा गरिएको छ ।

बेलायतमा आमचुनाव प्रायः बिहीबार हुने गर्दछ । जुलाई ४, २०२४ मा पनि बिहीबार नै परेको छ ।