फाइल फोटो

आर्थिक

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

By खबरहब

May 23, 2024

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १८००  रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार  ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसै गरी आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदी तोलामा ३५ रुपैयाँले घटेर तोलामा १८६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो चाँदी तोलाको १९ सय रुपैयाँमा कारोबार भएको थियो ।