देश/प्रदेश

सहकारी ठगीमा संरक्षण सह्य हुँदैन : शेखर कोइराला

By खबरहब

May 23, 2024

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले मुलुक दिशाविहीन रुपमा अघि बढिरहेको बताएका छन् ।

बिहीबार नेपाल प्रेस युनियनको ३३औँ स्थापना दिवसको अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा कोइरालाले मुलुक अधिनायकवाद र निरंकुशता तर्फ अग्रसर हुँदै गएकाले पत्रकारहरूले सचेत हुनुपर्ने बताए ।

कोइरालाले सहकारी ठगी काण्ड लुकाउने र संरक्षण गर्ने कार्य कुनै हालतमा सह्य नहुने जिकिर गर्दै प्रहरी प्रशासनलाई निष्पक्ष र स्वतन्त्र रुपमा काम गर्न दिने वातावरण बनाउनुपर्ने धारणा राखे ।

उनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहीयालाई प्रतिशोध साध्न पक्राउ गरिएको भन्दै दुईवटा राहदानी, नागरिकता तथा सहकारीका विषयमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने बताए ।