फोटो फिचर

ललितपुरको हात्तीवनमा उभौली उत्सव (तस्बिरहरु)

By खबरहब

May 23, 2024

काठमाडौं– किरात समुदायको चाड उभौली बिहीबारबाट सुरु भएको छ । ललितपुरको हात्तिवनस्थित धार्मिक स्थलमा विधिवत पूर्जाआजासहित एक महिने चाड मनाउन सुरु गरेका हुन् । यो चाड किरात याक्खा, सुनुवार, लिम्बू र राई समुदायले मनाउने गर्दछन् । 

यो चाड कृषि कर्ममा आधारित भएर मनाउने गरिएको एक विशेष चाड हो । बैशाख पूर्णिमामा पर्ने उभौलीमा प्रकृति भूमि र पुर्खाको पुजा गरी धुमधामसँग खेतीपाती सुरु गरेका किरातले मंसिर पूर्णिमा त्यसैगरी पुजा गरी उधौली मनाउने र नयाँ अन्न प्रयोग गर्ने चलन छ । 

वर्षमा दुईपटक मनाउने साकेलालाई गर्मी छल्न बैशाखमा लेकतिर जाने भएकाले उभौली र मंसिरमा जाडो छल्न लेकतिर बेसी सर्ने भएकाले उधौली भन्ने चलन छ ।

उधौलीको दिन नोक्छो अर्थात् धामीले पुजा गरी सेउलीको थान बनाएपछि त्यसमै गोलबद्ध भई ढोल र झ्याम्टाको तालमा नाच्ने चलन छ । 

 

तस्बिर फोटो : लाइब्रेरी