राजनीति

एकीकृत समाजवादीको सचिवालय बैठक, महाधिवेशन तयारीबारे छलफल

By खबरहब

May 23, 2024

काठमाडौं- सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक आलोकनगरमा बसिरहेको छ ।

पार्टी उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठकमा पार्टीको १०औँ महाधिवेशनको तयारी र समसामयिक राजनीतिबारे छलफल भइरहेको छ।

समाजवादीको १०औं राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गते काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा हुँदैछ।

त्यसका लागि पार्टी नेताहरूले तयार पारिएको राजनीतिक सांगठानिकसहित चारवटा दस्तावेज केन्द्रीय कमिटीको आठौँ बैठकले पारित गरिसकेको छ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसहितका विषयमा पनि छलफल भइरहेको खतिवडाले बताएका छन् ।