राजनीति

एमाले सुनसरीको अध्यक्षमा निलम खनाल, उपाध्यक्षमा परशुराम यादव ३ मतले विजयी

By खबरहब

May 23, 2024

सुनसरी- नेकपा एमाले सुनसरीको अध्यक्षमा निलम खनाल निर्वाचित भएका छन् ।

आठौँ जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनको बिहीबार आएको मतपरिणामअनुसार प्रतिस्पर्धी खेमराज पोखरेललाई ९६ मतको अन्तरले पराजित गर्दै खनाल अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचन समितिकाअनुसार खनालले ३८३ मतसहित जित निकाल्दा प्रतिस्पर्धी पोखरेलले २८७ मत पाए ।

यसैगरी उपाध्यक्षमा ३ मतको अन्तरले पर्शुराम यादव विजयी भए । यादव ३३२ मतसहित विजयी हुँदा प्रतिस्पर्धी नन्द बस्नेतले ३२९ मत पाए ।

यस्तै सचिवमा ३८८ मतसहित राम कोइराला निर्वाचित भए । उनीसँग प्रतिस्पर्धा गरेका पदम लिम्बुले २७० मत पाए ।

यस्तै उपसचिव महिलातर्फ ४३८ मतसहित इन्द्रकला राई निर्वाचित हुँदा प्रतिस्पर्धी कमला मगरले १९१ मत पाइन् ।

यस्तै उपसचिव खुल्लातर्फ यामकुमार सुब्बा ३८५ मतसहित विजयी भए । प्रतिस्पर्धी देवानन्द मेहताले १९७ मत पाए । एमाले सुनसरीको निर्वाचनमा ६६१ मत झरेको थियो ।