राजनीति

उपेन्द्रको चिन्ता : संसदीय व्यवस्था असफल भएर देश तानाशाहीतर्फ जान लाग्यो

By खबरहब

May 23, 2024

काठमाडौं- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अब प्रत्यक्ष निर्वाचित कार्यकारी अधिकारसहितको राष्ट्रपतीय प्रणालीमा जानुपर्ने बताएका छन् ।

जसपा नेपाल मोरङ क्षेत्र नम्बर ५ महाधिवेशन प्रतिनिधि छनोट कार्यक्रमलाई बिहीबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘अहिले त सरकारको काम सरकार चलाउने र कसरी जोगाउने भन्ने मात्रै भयो । जब मुलुकमा राजनीतिक अस्थिरता हुन्छ तब विकास पनि अवरुद्ध हुन्छ’, उनले भने, ‘अहिले त संसदीय व्यवस्था नै असफल भइसकेको छ। अब हामी जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारिणी अधिकारसहितको राष्ट्रपति प्रणालीमा जानुपर्छ ।’

उनले अब जनताबाट निर्वाचित समावेशी र समानुपातिक प्रणालीको संसदीय अभ्यासमा आवश्यक रहेको पनि बताएका छन् । यादवले संसद्‍ सरकार बनाउने परिपाटीबाट अघि बढे मात्रै देशले गति लिने बताएका छन् ।

यादवले नेपालको लोकतन्त्र नै सकिएर स्वेच्छारी तानाशाहीको हातमा मुलुक जाने हो कि भन्ने चिन्ता हुन थालेको पनि बताएका छन् ।