समाचार

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु 

By खबरहब

May 23, 2024

गुलरिया– बर्दियामा बाघको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका-८ हसनापुरकी ३५ वर्षीया मनिसा रोकाय रहेकी छिन् । 

बाँसगढी नगरपालिका-४ जनचेतना सामुदायिक वन नजिक बाघको आक्रमणबाट रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए । 

मृतक रोकाय आफ्नी दिदी ४० वर्षीया कैलाशपति थारूसँगै बाँसगढी नगरपालिका–४ बठुवा जाने क्रममा बाघको आक्रमणमा परेकी हुन् । उनकी दिदी कैलाशपति भने सकुशल रहेकी प्रहरीले जनाएको छ । 

डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण बिडारीले घटनाबारे अनुसन्धान भइरहेको बताए ।