मनोरञ्जन

जीवन-लक्ष्मीलाई पुत्र लाभ !

By खबरहब

May 23, 2024

काठमाडौं – नायक जीवन भट्टराई र नायिका लक्ष्मी बर्देवालाई सन्तान लाभ भएको छ । लक्ष्मीले ११ औं दिनमा न्वारन गराएर छोराको जन्म भएको सार्वजनिक गरेकी हुन्‌ ।

यो जोडीले छोराको नाम ‘यशकृत’ राखेको छ । अहिले बच्चा र आफू दुवै स्वस्थ रहेको लक्ष्मीले बताइन् ।

वैशाख ३१ गते काठमाडौं मोडेल अस्पतालमा उनले छोरालाई जन्म दिएकी हुन् । सुत्केरीपश्चात्‌ आफूलाई प्रेसरको समस्या देखा परे पनि अहिले स्वास्थ्य लाभ गरिसकेको उनले बताइन् ।

लक्ष्मी र जीवनले २०७५ सालमा विवाह गरेका हुन् । उनीहरूले चार वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।