खेलकुद

अन्तर्राष्ट्रिय एसियन तेक्वान्दो प्रतियोगिता जेठ ११ गतेदेखि ललितपुरमा

By खबरहब

May 23, 2024

काठमाडौं– प्रथम सिएचआइटिएफ एसिया आमन्त्रित तेक्वान्दो प्रतियोगिता जेठ ११ गतेदेखि ललितपुरमा आयोजना हुने भएको छ । 

आयोजक नेपाल चाङ हुन् अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आगामी जेठ ११ देखि १३ गतेसम्म ललितपुर सातदोबाटोस्थित कराँते महासंघको एकेडेमी हलमा आयोजना हुने जानकारी गराएको हो ।

प्रतियोगितामा नेपाल मलेशिया, बंगलादेश, भारत, चीन पाकिस्तान लगायत देशका २ हजार ५ सय खेलाडीहरूको सहभागिता हुने आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगितामा ८५ स्वर्ण पदक, ८५ रजत पदक र ११६ कास्य पदकका लागि प्रतिष्पर्धा हुने महासंघका अध्यक्ष कुलबहादुर बूढा मगरले जानकारी दिए ।

शीर्ष तीनमा रहनेले ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।