समाचार

नवराज विकसहित छ जनाको ज्यान गएको दिनको सम्झनामा काठमाडौंमा प्रदर्शन

By खबरहब

May 23, 2024

काठमाडौं– रुकुमका नवराज विकसहित छ जनाको ज्यान गएको दिनको घटनाको सन्दर्भमा काठमाडौंमा प्रदर्शन गरिएको छ ।

जात व्यवस्था उन्मूलन मोर्चा नेपाललगायतका संस्थाहरुले काठमाडौंको माइतीघरमा जेठ १० जात व्यवस्था विरुद्धको विद्रोह दिवसको सन्दर्भमा प्रदर्शन गरेका हुन् ।

घटनालाई दलित अधिकारकर्मीहरूले ‘रुकुम नरसंहार’ का रूपमा सम्झना गदै सरकारको ध्यानाकर्षण गरेका हुन् ।

गैर दलित समुदायकी किशोरीसँगको प्रेम सम्बन्धलाई किशोरीको परिवारले अस्वीकार गरेपछि उनलाई भगाएर बिहे गर्न साथीहरूसहित नवजार २०७७ साल जेठ १० गते साँझ रुकुम पश्चिमको सोतीमा पुगेका थिए ।

उनीहरूलाई युवती पक्षले कुटपिट गर्दै लखेट्दा नवराजसहित लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाहीको ज्यान गएको थियो ।

तस्बिरहरु हेर्नुहोस् :