समाचार

दमौली अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान

By खबरहब

June 23, 2024

तनहुँ– सूर्य नेपालले दमौली अस्पताललाई २८ लाख रुपैयाँ बराबरका दुई थान हेमोडायलाइसिस मेसिन प्रदान गरेको छ ।

कम्पनीका जनसम्पर्क प्रमुख अञ्जन दवाडीले दमौली अस्पतालका प्रमुख डां परिवर्तन बराललाई शनिबार उक्त मेसिन हस्तान्तरण गरेका हुन् ।

अस्पतालमा हाल दश वटा डायलाइसिस मेसिन छन् । अस्पतालले दैनिक आठ वटा मेसिन सञ्चालन गरेर ५६ जना मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवा प्रवाह गरिरहेको डा. बरालले जानकारी दिए ।

एउटा मेसिनबाट दैनिक तीन जना बिरामीले सेवा प्राप्त गरिरहेका छन् ।