समाचार

माओवादी संसदीय दलको बैठक बस्दै

By खबरहब

June 23, 2024

काठमाडौं– नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ । बैठक बिहान साढे १० बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

प्रतिनिधिसभाबाट आज विनियोजन विधेयक, २०८१ पास गर्ने तयारी रहेकाले सोही विषयमा छलफलका लागि दलको बैठक बस्न लागेको हो ।

माओवादीले बजेटको पक्षमा मतदान गर्न पार्टीका सांसदहरुलाई ह्वीप लगाउने तयारी स्वरुप बैठक बोलाएको हो ।