समाचार

बानेश्वरको सस्तो बजारमा युवती बलात्कृत, भारतीय नागरिक पक्राउ

By खबरहब

June 23, 2024

काठमाडौं- काठमाडौं नयाँबानेश्वर चोकनजिकैको सस्तो बजारमा एकजना १९ वर्षीया युवती बलात्कृत भएकी छन् ।

काठमाडौं महानगरपालिका-३१ शंखमुल बस्ने भारतको बिहार राज्यस्थित मोतिहारी घर भएका ३० वर्षीय धर्मेन्द्र जैसवाललाई उक्त प्रकरणमा प्रहरीले पक्राउ गरेको छ ।

ती युवकले शनिबार राति काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्‍वरस्थित सस्तो बजारमा जबरजस्ती बलात्कार गरेको उजुरी परेको थियो ।

उजुरीका आधारमा प्रहरी वृत्त नयाँ बानेश्‍वरबाट खटिएको प्रहरीले ती भारतीय युवकलाई पक्राउ गरेर अनुसन्धान अघी बढाएको छ ।