समाचार

घण्टाघरको घडी मर्मत गर्न सांसद शाहको सरकारलाई ध्यानाकर्षण

By खबरहब

June 23, 2024

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असीम शाहले काठमाडौँमा रहेको घण्टाघरको घडी मर्मत गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद शाहले  घण्टाघरले अहिले समय देखाउन छोडेको बताउँदै उनले स्थानीय र केन्द्रीय सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले यो घण्टाघर राजधानीको शान मात्र नभएर देशको ऐतिहासिक धरोहर पनि भएकाले मर्मत गर्न ध्यानाकर्षण गराएका छन् ।

उनले यसलाई समयमा मर्मत नगरेमा यो धरोहरले गणतन्त्र र संघियतालाई जिस्काइरहने बताए ।