समाचार

प्रदीप पौडेलको आरोप- चुरे संरक्षणमा सरकार जिम्मेवार भएन

By खबरहब

June 23, 2024

काठमाडौं– नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले चुरे संरक्षणमा सरकार जिम्मेवार नभएको आरोप लगाएका छन् ।

संसद्को विशेष समयमा बोल्दै सांसद पौडेलले गमलामा बिरुवा रोपेर चुरे संरक्षण नहुने जिकिर गर्दै चुरे संरक्षणका लागि निश्चित कानुनी आधार बनाएर सुनिश्चित गर्नुपर्ने मा जोड दिए ।

चुरे संरक्षणको लागि दबाब दिन माइतीघरमा कैयौँ दिनदेखि आन्दोलन भइरहेको भए पनि सरकारले अहिलेसम्म कुनै चासो नदिएको बताए ।

उनले चुरे संरक्षणका लागि विशेष योजना ल्याउन माग गर्दै अहिलेसम्म चुरे संरक्षणको नाममा १५ अर्ब खर्च भए पनि यसमा कुनै प्रगति नभएको बताए ।