फाइल फोटो

राजनीति

वामदेवको तर्क : सबै भूमि राष्ट्रियकरण नगरेसम्म देश अघि बढ्न सक्दैन

By खबरहब

June 23, 2024

काठमाडौं- राष्ट्रियसभा सदस्य वामदेव गौतमले देशको सम्पूर्ण भूमि राष्ट्रियकरण नभएसम्म नेपालको विकास हुन नसक्ने बताएका छन् ।

आइतबार राष्ट्रियसभामा बोल्दै गौतमले विश्वका अधिकांश देशमा भूमि राष्ट्रियकरण गरेकै कारण विकास भएको भन्दै नेपालमा सम्पूर्ण भूमि राष्ट्रियकरण नभएसम्म विकास हुन नसक्ने बताएका हुन् ।

वस्तु उत्पादन गर्ने आधारका रुपमा रहेका भूमिलाई टुक्रा–टुक्रा काटेर बाँडेर देश समृद्ध हुन नसक्ने उनले बताए ।

गौतमले भूमिमाथि राज्यको अधिकार कायम नभएसम्म नेपालीको अवस्था पनि माथि उठ्न नसक्ने धाराण राखे ।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक २०८१ पेश गरेका छन् ।