तस्वीर- लिगल बाइट्स इन्डिया

अन्तर्राष्ट्रिय

भारतमा सर्वोच्च अदालतको फैसला- निट परीक्षाको पुनःपरीक्षण घातक

By खबरहब

July 23, 2024

एजेन्सी– भारतको सर्वोच्च अदालतले मङ्गलबार एनइइटी (निट)–युजी सन् २०२४ परीक्षा रद्द गर्न अस्वीकार गरेको छ ।

यस वर्षका लागि नयाँ निट–युजीका लागि निर्देशन दिनुले परीक्षामा सहभागी २४ लाखभन्दा बढी विद्यार्थीका लागि गम्भीर परिणाम हुने महसुस गरेको अदालतले बताएको छ ।

अदालतले निट–युजी सन् २०२४ को नतिजा फिर्ता गर्न र नयाँ सिराबाट परीक्षा आयोजना गर्न निर्देशन दिन माग गरिएको निवेदनमा अदालतले सुनुवाइ गरेको हो । निवेदनमा परीक्षा सुरु हुनुअघि नै प्रश्नपत्र बाहिरिएको र गलत व्यवहारको आरोप लगाइएको थियो ।

आकांक्षीहरूले सर्वोच्च अदालतमा पुगेका र प्रश्नपत्र बाहिरिएको, क्षतिपूर्ति अङ्क प्रदान गरिएको र निट–युजीको प्रश्नमा विसङ्गतिको मुद्दा उठाएका थिए ।

एनटीएद्वारा आयोजित निट–युजी परीक्षा देशभरका सरकारी र निजी संस्थाहरूमा एमबीबीएस, बीडीएस र आयुष तथा अन्य सम्बन्धित पाठ्यक्रमहरूमा भर्नाको लागि मार्ग हो ।

निट–युजी २०२४ मे ५ मा चार हजार ४७० केन्द्रमा आयोजना भएको र लगभग २४ लाख उम्मेदवार यसमा उपस्थित थिए ।