अन्तर्राष्ट्रिय

कमला ह्यारिस भन्छिन्- राष्ट्रपति पदका लागि पार्टीबाट पर्याप्त समर्थन छ

By खबरहब

July 23, 2024

वासिङ्टन डिसी– अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आसन्न राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीबाट उम्मेद्वार बन्न पर्याप्त समर्थन रहेको बताएकी छन् ।

‘आफ्नो पार्टीबाट उम्मेद्वार बन्न आवश्यक समर्थन पाउँदा गौरवान्वित महसुस गरेको छु । म चाँडै औपचारिक रूपमा मनोनयन स्वीकार गर्नेछु,’ ह्यारिसले  एक विज्ञप्तिमार्फत बताइन्।

डेमोक्र्याटिक पार्टीको बढ्दो दबाबका कारण अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार सन् २०२४ राष्ट्रपतिय चुनावी दौडबाट बाहिरिएको घोषणा  गरेका हुन्। उनले पनि डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति उम्मेदवारको रूपमा ह्यारिसलाई आफ्नो पूर्ण समर्थन रहेको बताएका छन् । 

ह्यारिसले पूर्व सभामुख न्यान्सी पेलोसीसहित धेरै प्रमुख डेमोक्र्याटिक व्यक्तित्वको समर्थन प्राप्त गरेको जनाईएको छ ।