फाइल फोटो

समाचार

फुङलिङ नगरपालिकाका इन्जिनियरविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर

By खबरहब

July 23, 2024

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताप्लेजुङको, फुङलिङ नगरपालिकाका इन्जिनियर मो.अख्तर हुसैनविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले हुसैनले सेवाग्राहीसँग एक लाख घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको हो ।

हुसैनले खेल मैदान निर्माण कार्य सम्पन्न पश्चात भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग सो रकम घुस वापत लिएको पुष्टि भएको भन्दै सोही रकम बराबरको बिगो कायम गर्दै मंगलबार विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको जनाएको छ ।