उनका बाबु स्थानीय फुटबलमा सामान बनाउने काम गर्थे, अनि आमा अरूको घरको भान्सामा काम गर्ने। छोरा संसारको सबै भन्दा लोकप्रिय खेलको सबै भन्दा लोकप्रिय खेलाडी। सन् १९८५ मा पोर्चुगलमा जन्मिएका क्रिस्टियानो रोनाल्डोको बाल्यकाल सहज थिएन।
बाबुको व्यवसायका कारण छोरा रोनाल्डो सानोमा नै फुटबल मोह भएका व्यक्ति हुन् । १२ वर्षको उमेरमा उनलाई पोर्चुगलको फुटबल क्लबले त्यहाँबाट लिएर गएको थियो।
हो, त्यो गरिब परिवारका रोनाल्डोको लागि यो शताब्दीको सुरुवातमै १६ वर्षको उमेरमा सन् २००१ मै संसारको पायनियर शक्ति म्यानचेस्टर युनाइटेडले १४ मिलियन अमेरिकी डलरमा सम्झौता गरेको थियो।
गरिबीबाट हुर्किएका यी खेलाडीले फुटबलमा मात्र होइन समर्थकहरूको माझमा आफ्नै भिन्न छवि बनाए। संसारका लोकप्रिय व्यक्ति मध्यको एकको रूपमा रहेका छन्। युट्युब च्यानल खोलेको १ दिनमा नै १ करोड सब्सक्राइबर पुगेपछि रोनाल्डोको नाममा सामाजिक सञ्जालमा सो नयाँ कीर्तिमान बनेको हो।
गरिबीबाट हुर्किएका खेलाडीले फुटबलमा मात्र होइन समर्थकको माझमा आफ्नै भिन्न छवि बनाएका छन्। युट्युब च्यानल खोलेपछि सामाजिक सञ्जालका विभिन्न रेकर्ड तोडेका रोनाल्डो यत्तिबेला चर्चामा छन् ।
ब्राजिलमा जन्मिएका युएफसी फाइटर जोसे अल्डो संसारका स्थापित अर्का खेल व्यक्तित्व हुन्। उनको पनि बाल्यकाल सहज थिएन। मानुएसमा जन्मिएका उनका बाबु इँटा पार्ने काम गर्थे भने आमा गृहिणी मात्र हुन्।
उनी सानो रहँदा नै उनको आमा र बाबु छुट्टिएका थिए। बाबुसँग बसेका उनी सडकमा कुस्ती खेल्नमा व्यस्त हुन थालेका थिए। केही नयाँ कुरा सिक्ने रहर भएका उनमा गरिबीका कारण त्यो सम्भव भएन। यसै कारण उनी जिजित्सु खेल्न पुगेका थिए। यस खेलमा नै उनले सबै कुरा सिके।
त्यसपछि नै उनी रियो द जेनरियो पुगेका थिए। रियो द जेनरियोमा पुग्दा पनि उनका लागि दुई छाक खानका लागि समस्या थियो। त्यही पुगेर उनले युएफसी र डब्लुइसीको फेदर वेट च्याम्पियन हुने मौका पाए।
गरिबीमा जन्मिएका उनी सम्पन्न भइसकेपछि संसारका रहेका अन्य गरिबको सहयोगार्थ च्यारिटीमा सक्रिय छन्। सन् २०१६ मा उनले आफ्नो देशमा गएर गरिबीमा बिताउनेका लागि सहयोगार्थ च्यारिटी फुटबल म्याच पनि खेलेका थिए। रोनाल्डो जस्तै उनका कारण पनि अहिले धरै जना गरिबीबाट बाहिर निस्कन प्रयास गरी रहेका छन्।
व्यावसायिक मुक्केबाज कसिम ओउआको कथा त अझ अर्कै छ। सन् १९७८ मा युगान्डाको पनि अत्यन्त गरिब परिवारमा उनी जन्मिएका थिए। त्यत्तिकै कठिन जिन्दगी बिताएका उनलाई ५ वर्षको उमेरमा अपहरण गरेर राष्ट्रिय रेसिस्टेन्स आर्मीमा आबद्ध गराइयो। यसबाट नै उनले डरलाग्दो कुरा सिकेका थिए। तीन वर्ष पछि परिवारसँग भेट भएका उनी कुनै पनि कुराबाट डराउन छाडी सकेका थिए।
त्यसपछि युगान्डाको सैन्य र झडपको बाटो छाडेर उनी सन् १९९८ मा अमेरिका गए। त्यहाँ उनको एक सूत्रीय अभियान बक्सिङ खेल्ने नै हो। यसपछि नै उनले बक्सिङ खेलेर पैसा कमाउने तथा त्यसै आर्थिक समृद्धिको आडमा परिवारलाई खुसी दिने जमर्को गरे। सन् २००४ मा उनले आइबिएफ विश्व जुनियर मिडलवेट उपाधि जिते।
पछिल्लो समय व्यावसायिक मुक्केबाज भए पछि उनले धेरै पैसा कमाएका थिए। सोही पैसाको धेरै रकम उनले युगान्डामा गरिबीमा बिताउनेहरू माथि सहयोग गरेका थिए। क्युबामा जन्मिएका यासाइ पुगेइको अवस्था फरक छ। एकदमै खराब जीवन यापनको अवस्थाको बिचमा पनि उनको सपना अमेरिका गएर बेसबल खेल्ने नै थियो। क्युबाका लागि धेरै खेल खेलेका उनको त्यहाँ रहँदाको कमाइ मासिक १७ डलर मात्र थियो। यस कठिन अवस्थामा बाच्नै नसक्ने भएपछि उनी सन् २०१२ मा अमेरिका जाने निर्णयमा पुगेका हुन्। यस निर्णयमा मेक्सिकोकोमा सीमाबाट पार गराउने र लागूऔषध कारोबार गर्नेमा फन्दा उनी परे। पछि उनले वार्ता मार्फत छुटकारा पाएका थिए।
अमेरिका पुगेर उनले डगर्सका लागि खेले। त्यहीँबाट कमाएको पैसाले उनले क्युबामा रहेका धेरै गरिब बालबालिकाको जीवनका लागि अहिलेसम्म सहयोग गरीरहेका छन्। थुप्रै गरिबहरूको उद्धारमा आफूहरू सक्रिय भएर लागि रहेका छन्। उनको अहिले पनि एउटै चाहना छ, आफू लागेको क्षेत्रमा केही गर्नका लागि अत्यन्त धेरै सङ्घर्ष गर्न नपरोस्।
जोसे अल्डो जस्तो बिबियानो फर्नान्डेजको जन्म पनि ब्राजिलको मानुएसमा भएको थियो। ७ वर्षको हुँदा उनको आमाको निधन भएको थियो। उनका बाबु पनि ५ छोराछोरीलाई त्यत्तिकै छाडेर हिँडे। सडकमा माग्दै हिँडेर पनि भोक टार्न नसकेपछि उनी अमेजन जङ्गलमा सिकारका लागि गएका थिए।
उनका दाजु भाइले नै लामो समय जङ्गलमा नै बिताए। रोगका कारण झन्डै ज्यानै गएपछि उनी सहर भित्रिएका थिए। डोजो नजिकै सडक बित्तिकै छेउमा झन्डै कारले ठक्कर दिएपछि उनले सुसज्जित मार्सल आर्टमा लागेका थिए। सुसज्जित मार्सल आर्टको संसारको टप फाइटर समेत भए। तीन पटक एएमए फाइटर भएका उनी पछिल्लो समय क्यानडाका प्रशिक्षणमा संलग्न छन्।
कठोर सङ्घर्ष र गरिबीका माझ पनि आफूलाई स्थापित गराउने संसारका नाममध्येका यी केही हुन्। त्यो सही स्टार हो, जो कठिन परिस्थितिमा पनि आफूलाई स्थापित गराउन सक्छ। स्थापित भइसके पछि आफ्नो रकम र कमाइको केही अङ्क गरिबीमा हुर्कनेहरूकै लागि समर्पित गरोस्। स्रोतः युएफसी , बोर्गान प्रोजेक्ट