आर्थिक

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आजको कारोबार कतिमा ? 

By खबरहब

September 23, 2024

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन चारसय रुपैयाँले बढेर १ लाख ५९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।

यसअघि आइतबार सुनको मूल्य प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार नौ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।