मनोरञ्जन

छायांकन अगावै फिल्म ‘डीएन’को ‘अनाउन्समेन्ट टिजर’ सार्वजनिक

By खबरहब

September 23, 2024

काठमाडौं– छायाङ्कन अघिनै फिल्म ‘डीएनए’को ‘अनाउन्समेन्ट टिजर’ सार्वजनिक गरिएको छ । निर्माण पक्षले सोमबार सार्वजनिक गरेको टिजरमा नवनायक सुधन पोखरेललाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ ।

टिजरमा अधवैशे पुरुषले एक रहस्यमय बाकसको रक्षा गर्न खोजिरहेका छन् । सो वाकसबाट निस्किएको प्रकाशले नायक पोखरेल अचम्मित देखिन्छन् ।

निर्देशक चानस पुन मगरका अनुसार उक्त बाकसबाट निस्किएको प्रकाश पौराणिक वस्तुको प्रतीक हो । टिजरमा सुधनसँगै दिपक केसी र चिरायु पौडेललगायतका कलाकारलाई देख्न सकिन्छ।

पौराणिक एक्सन थ्रिलर शैलीको यो फिल्मको छायांकन आगामी फागुनबाट सुरु गर्ने योजनामा निर्माण पक्ष रहेको छ ।

यो फिल्म चानस पुन मगर र मणि रत्न त्रिपाठीले संयुक्त रूपमा लेखन र निर्देशन गर्दैछन् ।

फोनिक फ्लिकले बड पिक्चर्स र अन्डर एक्सपोज सिनेमासँगको सहकार्य यो फिल्म निर्माण गर्न लागेको हो ।

फिल्मका निर्माता कुमार भास्कर र एसोसियट निर्माता आशिष पुडासैनी हुन् । कार्यकारी निर्माताको जिम्मेवारीमा विकाश भण्डारी छन् ।

हेर्नुहोस् टिजर