खेलकुद

एएफसी च्याम्पियन्स लिग : अल नासरको दोस्रो जित

By खबरहब

October 23, 2024

काठमाडौं– एएफसी च्याम्पियन्स लिग फुटबलमा अल नासरले दोस्रो जित निकालेको छ ।

गएराती सम्पन्न खेलमा इरानी क्लब इस्टेघलाललाई १–० गोलले हराउँदै अल नासर विजयी भएको हो ।

अल नासरको जितमा आइमेरिक लापोर्टेले एक गोल गरेका थिए । उनले खेलको ८१औँ मिनेटमा गरेको गोल नै टोलीको जितका लागि निर्णायक बनेको थियो ।

यस सिजनको च्याम्पियन्स लिगमा अल नासरको यो दोस्रो जित हो । यो जितसँगै अल नासर तीन खेलबाट ७ अंकसहित अंक तालिकाको चौथो स्थानमा रहेको छ । पराजित भएको इस्टेघलालको ३ अंक छ ।

अल नासरले अब च्याम्पियन्स लिगको अर्को खेलमा नोभेम्बर ५ मा युएईको क्लब अल ऐनसँग खेल्ने तालिका रहेको छ  ।