समाचार

सत्तारुढ दलहरुको बैठक बस्दै, सरकारका सय दिनको समीक्षा गरिने

By खबरहब

October 23, 2024

काठमाडौं– सत्तारुढ दलहरुको बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारको सय दिनको समीक्षा, आगामी कार्ययोजना, समसामयिक राजनीतिक घटनाक्रम लगायत विषयमा छलफल हुनेछ ।

प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले सय दिनमा गरेका कामहरुको विवरण आज सार्वजनिक गर्ने तयारी गरेका छन् । सोही तयारीबारे गठबन्धन दलहरुसँग छलफल गर्न लागेका हुन् ।

यस्तै, बैठकमा दल विभाजन सम्बन्धी अध्यादेशका बारेमा पनि छलफल हुने बुझिएको छ ।